३१ जेठ ०७९, काठमाडौं । चर्चित पार्श्व गायिका तथा मोडल इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार प्रेमी शरद केडियासँग चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा उनले विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको थियो । विवाहअघि शरदसँग इन्दिरा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । शरद पेशाले फेसन डिजाइनर हुन् ।
इन्दिरा जोशीले सामाजिक सञ्जालमा विवाहको तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्(श्रीमती भयौं ।’ आइतवार इन्दिराले शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । विवाहअघि उनीहरुको संगीत र मेहेन्दी समारोह आयोजना गरिएको थियो ।
प्रतिक्रिया