९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जसले बुवाआमाको अनुहार छातीमा ट्याटु खोपाए



१ असार ०७९, ललितपुर । आफ्ना बुबा आमाको मायाँ सबैलाई धेरै लाग्छ । भनिन्छ जन्म दिने आमा बुवाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न ।
आफ्ना बुबा रामबहादुर दाहाल र आमा मिना दाहालको मायाँ देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा बुवा र आमाको ट्याटु खोपाएका छन् ।
४ बर्षअघि उनले आमाको अनुहार छातीमा ट्याटु खोपाए । अर्कोवर्ष बुबाको । उनी ट्याटु जोगाउन नजान्दा तीन पल्ट खोपाउनु परेको अनुभव सुनाए । भने, ‘ट्याटु खोपेपछि धेरै हल्लन, सुत्दा उठ्दा अन्य ठाँउमा छुवाउन र नुहाउन नहुने रहेछ । ट्याटु कोरेको आलो घाउ निको नहुन्जेल होस नगर्दा फेरि बनाउनु प¥यो ।’
आमा बुबासँगै उनले आफू जन्मेका समय अंकित घडी बनाएका छन् । सँगै जीवनसँगीनीको नाम समेत लेखाएका छन् । उनले आफ्नो सरिरको कम्मरनजिक आमा र आफ्नो मातृ बासल्य झल्काृने अर्को ट्याटुपनि खोपाएका छन् ।


उनी आफ्ना मन मिल्ने साथीहरुको अनुहार आफ्नो सरिरमा थप्दै जाने योजना रहेको बताए । भन्छन्, ‘मरेर लैजानु केही छैन । म मेरा प्यारा मान्छेहरुको अनुहारमा कोरेर आफैसँग राख्न चाहन्छु ।’
दाहलले ४० हजार खर्चेर हाडिगाँउस्थित निरज शाहीलाई ट्याटु बनाउन लगाएका हुन् ।

उनी आफ्नी श्रीमती बेलायतमा रहेको कारण भेट्न उतै जाँदैछन् । आफू एक्लो छोरो भएकालेले बाबुआमाको हेरचाह गर्न नेपालमै बस्ने योजना रहेको उनले बताए ।
ट्याटु बनाउने युवाहरुप्रति समाजको नकारात्मक दृष्टिकोण बदल्न आफूले बनाएको ट्याटुले धारणा बदल्ने उनको आशा छ । उनी भन्छन्, ‘कपाल पाल्ने अनि ट्याटु खोप्ने सबै नराम्रा मान्छे हुँदैनन् । समाजले हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।’

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ५५ बजे