६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टेकुकाे प्लान्ट दुई तीन लाखमा बनाउन सकिन्छ: बालेन



१ असार ०७९, काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो प्लान्ट मर्मत गर्न सकिने बताउनु भएको हो ।

‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई(तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उहाँले भन्नु भयो ।

काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको भन्दै उहाँले ‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’ भन्नुभयो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।