४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकामा आर्थिक संकट : दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती




एजेन्सी
४ असार ०७९, कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।

सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् ।

यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ । मान्छे मार्ने बाघ नियन्त्रणमा
३ असार ०७९, चितवन । पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई विहीबार साँझ ६ बजे भरतपुर महानगरपालिका २७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।

बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो । सो बाघले विहीबार बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो । बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि विहीबार दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिएका छन् । यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ०६ बजे