
५ असार ०७९, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति जुटेको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति भएको हो।
अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ।
प्रधानमन्त्रीले उक्त सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन्। बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट फिर्ता बोलाएर नयाँ मन्त्री मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ।







प्रतिक्रिया