८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिने



७ असार ०७९, काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ ।
शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामु चिनाउन पुर्याएको योगदानको कदर गरी सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । १९३४ साल भदौमा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।

त्यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन–२०१९ को दफा २० बमोजिम निलम्बन गरी जाँचको कार्य अघि बढाउने, कोहलपुर सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, राष्ट्रिय समाचार समिति राससको रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्नेलगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।