११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा कुइँने र नकुइँने फोहोर मिसाएर फ्याके ५ सय जरिवाना लाग्ने




९ असार ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुइँने र नकुइँने फोहोर मिसाएर पठाए कारवाही गर्ने भएको छ । महानगरले विहीबार सूचना प्रकाशित गरेर मिसाएर महानगरको गाडीमा फोहोर पठाए वातावरण तथा प्राकृतिक श्रोत व्यवस्थापन ऐन २०७७को दफ ५१(थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८(थ) अनुसार
कसुर मानी प्रतयेक पटक पाँच सय जरिवाना लगाउने जानकारी दिएको छ ।
यो प्रावधान साउन १ गतेबाट लागू हुने जनाइएको छ । महानगरले कुइँने फोहोर र नकुइँने फोहोर छुट्टा छुट्टै दिन संकलन गरिने बताएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।