८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५१ वर्षपछि कोतगढी फर्कियो सुन्दरी तोप




९ असार ०७९, सुर्खेत । ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ ।
०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसगैँ सुर्खेत ल्याइएको थियो ।
करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका–१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।
कोतगढीमा राखिएको तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएको नेपाली सेनाका उपरथि प्रेम शाहीले बताए । यसले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेको उनले बताए ।
०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन । न्युजकारखाना

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।