२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आईजीपी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ मा



१३ असार ०७९, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आज प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलहरूले बहस गरिसकेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । रिटमा महान्यायाधिवक्ता खम्म खाती सहित चारजना सरकारी वकिलले बहस गरेका छन ।

उनीहरुले प्रहरी प्रमुखमा धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको जिकिर गरेका छन् । आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकार भएको दाबी बहसमा महान्यायाधिवक्ता खातीले गरे । रिटमाथिको अर्को सुनुवाई असार १९ मा हुनेछ । सो दिन प्रहरी महानिरीक्षक सिंहका निजी वकिलले बहस गर्नेछन् ।

मुद्दामा रिट निवेदक पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा यो रिटमाथि सुनुवाइ भएको हो ।

सरकारले १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । त्यसयता सुनुवाइ निरन्तर छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।