९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वरमा ट्रक र माइक्रोबस एकापसमा ठोक्कियो, एक जनाको मृत्यु



१३ असार ०७९, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सोमबार ठूलो दुर्घटना भएको छ । सोमबार साँझ कोटेश्वर चोक नजिकै प्रहरीका अनुसार प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि माइक्रोमा सवार घाइतेलाई अस्पताल पठाइएको छ भने एक जनाको मृत्यु भएको छ । ठोक्किएपछि भक्तपु्र–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मुत्यु भएको हो । दुर्घटनापछि माइक्रो चालक फरार रहेका छन् भने सहचालक २३ वर्षीय विमल कुमार सुनारको उपचार भइरहेको छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ३१ बजे