१४ असार ०७९, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक हुन नक्कली शैक्षिक प्रमाणपत्र बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने माधव तिमल्सिना रहेका छन् । सहकारी क्षेत्रमा क्रियाशील उनले बोर्डको सदस्य हुन स्नातोकोत्तर गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले पाटन बहुमुखी क्याम्पसमा अध्ययन गरेको चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट किर्ते गरी बनाएर पेश गरेकाे उनीमाथि अाराेप लगाइएकाे छ ।
मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरी सम्वन्धित कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया