२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्रीले दिइन् राजीनामा



१५ असार ०७९, काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन्।

एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो। लुम्बिनी प्रदेश सभा सदस्य रहेका विमलाका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ को ९ख०मा उपनिर्वाचन विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।