७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभर ३२ वटा विपद्का घटना, ८ जनाको मृत्यु



१५ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा १९ जिल्लाका ३२ स्थानमा भएको विपद्का घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको  ।

रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ्ग लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।  यसैगरी बागलुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सर्पदंशबाट धनगढीमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।  विपद्का घटना गत वैशख १ देखि असार १५ सम्ममा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा झण्डै ४ करोड बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।