६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केपी ओली र वामदेव गौतमबीच भेटवार्ता




१६ असार ०७९, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्षनेताबीच भेटवार्ता भएको हो ।
एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् ।
नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । ‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने । न्युज कारखाना

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।