६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवा पत्नी आरजुलाई कोरोना संक्रमण



१६ असार ०७९, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा होम क्वारेन्टाइनमा बसेकी छिन् ।

आरजुलाई कोरोना संक्रमण भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।