९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सामाजिक सञ्जालका कारण ललितपुरमा अपराधका घटना बढ्दै




१६ असार ०७८, ललितपुर । सामाजिक सञ्जालको प्रयोगपछि ललितपुरमा अपराधका घटना बढ्दै गएको सरोकारवालाहरुले बताउका छन् ।
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताएका हुन् ।
मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा सो किसिमका घटना अघि बढेको बताए ।
अनौपचारी सेवा केन्द्र (इन्सेक) ललितपुरले आयोजना गरेको ‘जिल्लाको मानव अधिकार अवस्था’ विषयक कार्यक्रममा आज उनले ललितपुरका किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण जबर्जस्ती करणी अर्थात बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका बताए । उनले भने, “हामीले ललितपुरमा मानव अधिकार रक्षाका लागि दुई देखि चार पाङग्रे सवारीसाधन प्रयोग गरी ठूलो आवाज बनाएर आवतजावत गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरेका छाँै ।”
जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालीका पीडित हुनु कानुनी शिक्षाको अभाव भएको गुनासो गरिन् ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले सो जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले तयार पारेको पुस्तका ललितपुरका प्रत्येक विद्यालयमा पु¥याइने बताए । उनले भने, “यस जिल्लामा रहेका कुनै पनि सरकारी वा गैर सरकारी संस्थाले जसले मनोसामाजिक परामर्शको कार्यक्रम जसले गर्न सक्छ त्यसतर्फ मध्यनजर गर्नेछाँै ।
उपप्रमुख रामलाल थिङ्ले मुलुकमा प्रचलित संस्कार र संस्कृतिको वेवास्ता बढिरहेको बताउँदै सो का कारण वैदेशीक रोजगारीमा गएका महिला पुरुषबीत फाटो आउँनाका साथै मादक पदार्थ सेव गरी हिंसा गर्ने क्रम देखिएको बताए ।
दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी लगायत सम्बन्धीत निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयंम सहचेत हुनुपर्ने बताए ।
गैर सरकारी महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको कर्णाली मानिने दक्षिण ललितपुरमा भने बलात्कारका घटना ज्यादा रहेको बताउँदै के कारणले सो हुन पुग्यो ध्यान दिन अनुरोध गरे ।
सो संस्थाका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिए ।
सो संस्थाका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धीत निकायले कहिलै सम्बोधन नगरेको दुखेसो गरे ।
सो कार्यक्रममा इन्सेक ललितपुरका प्रतिनिधि दिपक घिमिरेले पछिल्लो ६ महिनामा ललितपुरमा १८ वटा बलात्कार तथा ११ ज्यान मार्ने प्रयास हुनुका साथै ६ बहुबिबाह भएका तथ्याङ्क सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ८ : ०३ बजे