२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्र घण्टी



१७ असार ०७९, काठमाडौं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो। सो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेशनल इन्डिपेन्ड पार्टी (एनआइपी) का रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेको छ। आफूले घन्टी र गोलाकारभित्रको घन्टी विकल्प दिएर निर्वाचन आयोगमा दर्ता निवेदन दिएको लामिछानेले बताए।
घण्टी अर्कै पार्टीको चुनाव चिह्न भएकाले गोलाकारभित्रको घण्टी पाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न स्वतन्त्र उम्मेदवारले गराएको निवेदन आयोगले खारेज गरिदिएको छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।