७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भारतीय फोटोपत्रकार दुर्लभको अपराधको जरिवाना तिर्न आर्थिक संकलन गर्दै फोटोपत्रकार समूह




१८ असार ०७९, काठमाडौं । नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ ।
खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने भएको हो ।
एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न चन्दा संकलन गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
उनका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटोपत्रकार समूहले आवश्यक रकम चन्दा संकलन गर्न लागेको हो । नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुर झापा जिल्ला अदालतले दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
९ असारमा सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारण अनुसार दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
मलुकुी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि एनएफपिजेले रकम संकलन सुरु गर्न लागेको हो ।

अध्यक्ष वन्तले अनुसार दुर्लभ हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवानावापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागेको बताए । न्युज कारखाना

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।