९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२१ असार ०७९, संखुवासभा । चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका २ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।