७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ शुक्रबारसम्मको मौसम पूर्वानुमान




२२ असार ०७९, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।