२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन



२२ असार ०७९, काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थ मन्त्री जनार्दन शर्मामाथि छानबिन हुने भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्सीय संसदीय विशेष समिति छानबिन समितिको घोषणा गरेका छन् ।

उक्त समितिमा खगराज अधिकारी, भुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक,  लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् ।

सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुने सभामुख सापकोटाले जानकारी दिए ।

बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।