१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धरानका मेयर साम्पाङले गरे गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने घोषणा




२४ असार ०७९, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले
सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।
मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।
गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’ न्युज कारखाना

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।