२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बलात्कार मुद्दामा हदम्यादः ३ वर्षसम्म उजुरी गर्न सकिने



२४ असार ०७९, काठमाडौं ।  संसदीय समितिले बलात्कार मुद्दाको हद म्याद बढाउने निर्णय गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ ।

यस्तै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय भएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रचलित कानूनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था समितिले गरेको हो ।साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।