२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वप्रधानमन्त्री आबेको निधनप्रति नेपालमा शनिबार राष्ट्रिय शोक मनाइने   



२४ असार ०७९, काठमाडौं । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबारलाई राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।

नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।