३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने



२५ असार ०७९, काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ ।

काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयमा पुगेको हो ।

शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।