६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रिय कार्यालयमा शेखर कोइराला समूहद्वारा प्रदर्शन




२७ असार ०७९, काठमाडौं । नेपाली काग्रेसका नेता शेखर कोइराला समुहले केन्द्रिय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन ।
भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन ।
कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । ‘भातृ संस्थाको तत्काल बैधानिक पुर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपुर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन ।
सभापति देउवाले आफु निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पुर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।