
२७ असार ०७९, काठमाडौं । कोरोना संक्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ । आइतबार १२१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो संख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय संक्रमितको संख्या ७ सय ७० रहेको छ । यस्तै सो अवधिमा ३७ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया