२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भाजपा अध्यक्षको निमन्त्रणामा दिल्ली जाँदै प्रचण्ड




३० असार ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ भोलि तीन दिने भारत भ्रमका लागि जाँदै छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे।
त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।
उनले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिएका छन् । भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । न्युज कारखाना

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।