९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


महाँकाल गाँउपालिकाका बर्खास्तमा परेका कर्मचारी आन्दोलित



२ साउन ०७९,ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा बर्खास्त २२  जना कर्मचारी बर्खास्त गरेपछि उनीहरु आन्दोलित भएका छन् । सोमबार गाउँपालिकाको कार्यालयमा पुगेर उनीहरुले आफूहरुलाई पुनर्वाहाली गर्दै सम्झौता नवीकरण गर्न माग गरेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी र उपाध्यक्ष डोल्मा माया गोलेलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।
महाङ्काल करार कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष शिव प्रसाद शर्मा र सचिव विकास दाहालले हस्ताक्षर गरेर ज्ञापन पत्रमा बुझाइएको छ । उनीहरुले आफूहरुलाई पुर्नवहाली गरि करार अवधि नथपे चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

असार २७ गते बसेको महाङ्काल गाउँपालिकाको बोर्ड बैठकले कर्मचारी व्यवस्थापनको लागि भन्दै दरबन्दी नभएका केही कर्मचारीको सम्झौता नवीकरण गर्दै सशर्त कार्यक्रममा परेका कर्मचारीलाई भने हटाउने निर्णय गरेको थियो ।
गाउँपालिकाले कृषि तथा भेटरिनरी शाखाका प्राविधिक कर्मचारीहरु,गाउँपालिका केन्द्र र निरन्तर १० वर्षसम्म काम गरेका बाहेकका सम्पूर्ण कार्यालय सहयोगीसहित २२ जना कर्मचारीहरुको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष गणेश केसीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै गाउँपालिकाले कर्मचारीहरुको करार नवीकरण नगरिएको बताए । उनले भने, हटाइएका कर्मचारीमध्ये आफूसम्बद्ध पार्टीका निकटहरु समेत परेका छन् । उनले आन्दोलन गर्नुको सट्टा फेरि नियुक्ती दिनका लागि तयारी गर्न सुझाए । नेकपा एमालेका पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले राजनीतिक प्रतिशोध साँधेर गाँउपालिकाले निर्णय गर्नु गतल भएको बताए ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ३८ बजे