६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले संविधानको चिरहरण गरेको छः नेता ज्ञवाली



७ साउन ०७९, ललितपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनले संविधानको चिरहरण गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारले गरेका सबै कुराबाट संविधानको चिरहरण भएको दाबी गरे ।  सत्ता गठबन्धन टिकाउने नाममा भएका निषेधको राजनीतिका कारण मुलुक कमजोर बन्दै गएको उनले बताए । सरकारमा रहन सत्ता गठबन्धन, अर्थतन्त्र समाप्त पार्न वित्तीय गठबन्धन र मुलुक कमजोर बनाउन बाह्य शक्तिसँगको गठबन्धनले मुलुकलाई कमजोर बनाउँदै लगेको उनले बताए । सरकार टिकाउने नाममा भारतसँग कम्फर्टेबल बन्दै गएको र देशको समस्या अरूको इसारामा समाधान गर्ने गरेको बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।