९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ठेचो बाह्र बर्षे जात्रा, विभिन्न नियम जारी



फाइल तस्विर

८ साउन ०७९, चापागाँउ । हरेक बाह्र बर्षमा मनाइने नवदुर्गा गुठीको जात्रा यही साउन १० गते गथामुग चह्रेका दिनबाट ललितपुरको ठेचामा सुरु हुँदैछ ।
जात्रा सुरु भएसँगै स्थानीय गाँउमा विभिन्न गतिविधिहरु निशेष हुँदैछ । जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरेर विभिन्न गतिविधिमा नगर्न अनुरोध गरेको छ ।।
प्रकाशित सूचनामा नियम पालन नगरेको खण्डमा अनिष्ट भएमा आफूहरु जिम्मेवार नहुने जनाएको छ ।


जात्रा अवधिभर ठेचोमा खुट्टा झुण्डाएर बस्न नहुने, पटक पटक भोजभतेर,विवाह ब्रतबन्ध गर्न नहुने, अन्य ठाँउबाट आएका पाहुनालाई बास बस्न दिन नपाउने नियम बनाइएको छ ।
जात्रा चलिरहेको समयमा सिठी वा ताली बजाउन पाइदैन । घर वा मन्दिरमा भएको घण्ट बजाउनु हुँदैन भएको घण्टी समेर बाँधेर राख्न गुठीले सूचित गरेको छ ।
घण्टाकर्ण चतुदर्शीदेखि धुस्ख नाच पुरा नभएसम्म गुठीको बजाबाहेक अन्य बाजा समेत बजाउन पाइदैन । जात्रा समापनपछि भने सबै बाजा बजाउन पाइन्छ ।
जत्रा सम्पन्न गर्न गोदावरी नगरपालिकाले ५० लाख सञ्चालन खर्च दिएको छ । गुठीले जात्राका लागि ७० लाखभन्दा धेरै खर्च हुने बताएको छ । अन्य जात्रा पर्व सञ्चालनका लागि ग’ठीले चन्दा उठाउने भएको छ ।
जत्राअवधिभर २८ वटा पुजा हुनेछ । भने ६० वलीमात्रै बली चढाइन्छ । सुनाकोठी र ठेचोबासीका लागि जात्राको अवसरमा भोज खुवाइन्छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : २४ बजे