११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


खुकुरी प्रहारबाट श्रीमतीको हत्या, ३ तला माथीबाट हाम फाल्दा श्रीमानको पनि मृत्यु



९ साउन ०७९,चितवन।  चितवनमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भरतपुर महानगरपालिका १० रमाइलो चोकमा बस्ने ४३ वर्षका कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार राति १०ः२५ मा हत्या गरेका हुन्।

घरायसी विवादका कारण आचार्यले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भई उपचारको लागी पुरानो मेडिकल कलेज लगिएकोमा २२ः४० बजे नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

खुकुरी प्रहार गरेर भाग्ने क्रममा श्रीमानको समेत मृत्यु भएको छ। श्रीमतीको हत्या गरेर घरको ३ तला माथीबाट हाम फाली भाग्न खोज्दा गम्भिर घाइते आचार्यको नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।