६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय चुनावमा ५ अर्ब ४ करोड खर्च



१० साउन ०७९, काठमाडौं। निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति सरकारले घोषणा नगरेपनि आन्तरिक तयारी थालिसकेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले आन्तरिक तयारी भैरहेको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर चार गते निर्वाचन हुने संकेत गरे । निर्वाचन मिति आगामी मन्त्रिपरिषद बैठकबाट तय हुने उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर दुई गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको सोही सेरोफेरोमा मिति तोकिने बताए । आयोगले स्थानीय तह निर्वाचन खर्चका हिसाबले विगतभन्दा मितव्ययी भएको दाबी गरेको छ । चुनावका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड दिएकोमा तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगले जनाएको हो । निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार रुपैयाँ खर्च भएको आयोगको भनाइ छ । यो खर्च २०७४ सालको स्थानीय तहको निर्वाचनको खर्चभन्दा २ अर्ब कम हो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।