८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको ठेचोस्थित नवदुर्गा भवानीको बाह्र बर्षे जात्राका केही रोचक तथ्य




१२ साउन ०७९, चापागाँउ । ललितपुरको ठेचोमा मनाइने नवदुर्गा भवानीको १२ वर्षे जात्रा पौराणिक सास्कृतिक जात्रा हो । गएको २०६७ सालमा मनाइएको यो जात्रा साउनको १० गते गथामुग चह्रेका दिनबाट बाह्रबर्षपछि सुरु भएको छ ।
गएको मंगलबार राती नवदुर्गा भवानी रहेको मुल मन्दिरमा विषेश पूजा गरेर भोज खाएपछि ताल्चा लगाएर सुरु भएको हो ।
मंगबारबाट सुरु भएको छ । आउदो चैत्रसम्म चल्ने यो जात्रामा २८ वटा विभिन्न पूजाआजा र ६० वटा बली दिइन्छ ।
जात्रा सुरु भएसँगै ठेचोका मन्दिरहरुमा रहेका घण्टीहरु बाँधिएको छ । जात्राअवधिभर घण्टी बजाउन नमिल्ने हुँदा यसो गरिएको छ । गाँउभर विभिन्न नियमहरु उल्येख गरेर फ्लेक्समा सूचना टागिएको छ ।
सूचनामा उल्येख भए अनुसार सम्पूर्ण ठेचो गाउँवासीले केही नियमहरु पालना गर्नुपर्छ । यदि यी नियमहरु पालना नगरी गाउँमा वा कुनै व्यक्ति माथि कुनै अनिष्ट भएमा श्री नवदुर्गा भवानी देवी गुठी परिवार जिम्मेवार नहुने गुठिले बताएको छ । यस सूचनाको बारेमा घरबेटीले भाडामा बस्नेलाई सूसूचित गराईदिनुहुन गुठिले अनुरोध गरेको छ ।
पौराणिक मान्यता अनुसार पटक पटक भोजभतेर, बिहे, व्रतबन्ध गर्नु हुँदैन । ठेचो गाँउमा रहेका पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुन्ड्याएर बस्नु हुँदैन । पाहुनालाई बास दिन र बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म गाँउमा हिडडुल गर्न हुँदैन । जात्रामा सिट्टी, ताली, घण्टी बजाउन हुँदैन भएका यी बाजाजन्य सामाग्री बाँधेर राख्नुपर्छ ।


यो कार्य घण्टाकर्ण चतुदर्शीदेखि धुःख नामक नाच सम्पन्न नभएसम्म श्री नवदुर्गा गुठीको आफ्नो बाजा बाहेक बाहिरको बाजा उक्त समयसम्म बजाउन हुँदैन । श्री नवदुर्गाको पर्वपूजा भने नवदुर्गा गुठीबाहेकको बाजा पनि बजाउन मिल्छ ।
धुःखः नामक नाच सम्पन्न भएसँगै १२ वर्षे जात्रा पनि समापन हुन्छ र घण्टाकर्ण चतुदर्शीका दिनदेखि बन्द गरिएका बाजागाजा एंव अन्य नियम पनि फुकुवा हुनेछ ।
ताला लगाएको एक महिनापछि मन्दिरको ताला खोलिन्छ । ताला खोल्ने दिन पुजाआजासहित हाँसको बलि दिइन्छ । यो बेलासम्म मन्दिर अगाडि छाप्रो बनाइन्छ । यहाँ बसेर पुजापाठ गरिन्छ । नवदुर्गाको नाच सिकाइन्छ ।
त्यसपछि ठेचोमा दक्षिण ललितपुरको तीनपाने बनबाट आगसी ल्याइन्छ । सबै देवगण देवगणले बाँज आगसी९जातको दाउरा० ल्याउने गर्दछन् । तीनपाने बनबाट बोकेको आगसी कतै पनि नबिसाई ल्यानु पर्ने मान्यता रहेको छ । यो आँगसी सुनाकोठीमा गरिने यज्ञमा प्रयोग हुन्छ । आगसी लिन जाने दिन तीनपाने, कोडडाँडा, लप्से,टिकाभैरव,चापागाँउ हुदै लस्कर लाग्ने गर्दछ ।
यो आयसी सुनाकोठीको कुल्पीमा दशैको फुलपातीको दिन गरिने यज्ञमा बालिन्छ । नवदुर्गाको मुकुट बाह्र वर्षमा एक पल्ट फेरिन्छ । कुल्पी यज्ञको मुख्य उदेश्यभ भनेको नयाँ मुकुटलाई यज्ञद्वारा जगाउने र पुजा गर्ने हो ।
यज्ञका लागि परेवा, सर्प,माछा र भगरा एक एक जोडी ल्याइन्छ । हरेक एउटा यज्ञमा होम गरिए भने हरेक अर्कोलाई छोडिन्छ । यज्ञ पछि सबै देवगण सुनाकोठीबाट ठेचोको न्ह्छे गुठी फर्कछन् । त्यहाँ आएर नवदुर्गाको पूजाआजा हुन्छ अनि च्याङङ्ग्राको बली दिइन्छ । यही च्याङ्ग्राको सिंङलाई मन्दिरमा साझाएर राखिन्छ ।

बाह्र बर्षमा श्वेत भैरवको नाच देखाइन्छ । श्वेतभैरवको नाच हेरेमा निसन्तान दम्पतीले हेरे सन्तान प्राप्ती हुने जनश्रृती रहेको छ । यो नाच हरेक बाह्र बर्षमा देखाइन्छ । तर कसैले देखाउन चाहना राखेमा सबै सामाग्री सबै समाग्री जुटाएपछि देखाउन पनि सकिन्छ ।
नवदुर्गा भवानीको जात्राको भव्यता सुनाकोठी र ठेचोबासी सबैलाई भोज खुवाएर मनाइन्छ । यो भोज दशैको कोजाग्रत पूर्णिमाको दिन आयोजना गरिन्छ । यो दिन ठेचोबासी दुरीखेल र सुनाकोठीबासी सरस्वती खेलमा भोजमा स्वयम् बस्त्रधारी देवगणहरुले पस्केर दिन्छन् । हरेक देवता बज्रवाराही, दक्षिणकाली, वालकुमारी,गणेश,बम्हायणी,विष्णु देवि, महालक्ष्मी, रुद्रायणी भैरवआदिले सबैलाई सिधा एकै लाइन राखेर भोज खुवाउछन् ।
जात्रा अवधिभर यहाँका विभन्न ठाँउमा नवदुर्गा नाच निकाल्ने चलन छ । यो जात्रा आउँदो चैत्रताकासम्म झण्डै एक वर्ष मनाइन्छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १० : ५३ बजे