६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ : प्रचण्ड



१२ साउन ०७९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभयो । बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने उहाँको भनाइ थियो । एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालले बताउनुभयो ।

‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ,’ उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको मिति बिहीबार नै घोषणा गर्न तयार भएका प्रधानमन्त्रीलाई आफूले दुईचार दिन कुर्न भनेको बताउनुभयो । केही दिनमै निर्वाचनको मिति घोषणा हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।