
१२ साउन ०७९, साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका हुन् ।
आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिए । “यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उनले भने ।
सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उनले बताए । “एक÷दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भने ।







प्रतिक्रिया