१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एक महिनासम्म मनाइने ‘गुँला पर्व’ शुरु



१३ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ शुक्रबारदेखि शुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको वैकुण्ठमा बास परोस् भन्ने कामना गर्दै एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

यो जात्रा साउन शुक्ल प्रतिपदाको दिन शुरु भई श्रावण कृष्ण औँशी दिनदेखि एक महिनासम्म चल्दछ । यस पर्व शुरु भएदेखि समापन हुदाँ सम्म बौद्धमार्गीहरुले धर्म कर्म गर्ने र आफ्नो क्षमता अनुसार गरि दान दिने गर्दछन् ।

धर्माबलम्बीहरुले यस पर्वमा उपत्यकाका स्वयम्भुका साथै बौद्ध, पाटन पुल्चोक लगाएतका स्थानमा रहेका चैत्यमा बाजागाजासहित दैनिक परिक्रमा गर्ने गर्दछन् । यो पर्व मनाउनाले देशमा शान्ति स्थापना हुने, महामारी, भय तथा त्रास रोकिने जानविश्वास रहेको छ ।

धर्म सञ्चय गर्ने महिनाका रूपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : २८ बजे