२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठायोः परराष्ट्रमन्त्री डा. खड्का



१३ साउन ०७९, काठमाडौं । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री

डा.नारायण खड्काले साउन ९ गते एसपीपी स्वीकार नगर्ने नेपाल सरकारको निर्णयबारे कूटनीतिक माध्यमद्वारा अमेरिकालाई लिखित रूपमा जानकारी गराइसकेको बताए ।

आज संसदमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले आन्तरिक परामर्श गर्नुपर्ने भएकोले अमेरिकालाई पत्र पठाउन केही ढिलो भएको बताए । तर यसमा कुनै संशय व्यक्त गर्न आवश्यक नरहेको उनले बताए ।

सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमै रहेका बेला सरकारले एसपीपी अस्वीकार गरेको पत्र पठाइसकेको सार्वजनिक घोषणा गरेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।