२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५७७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु



१३ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पीसीआर विधिबाट ४ हजार २८२ जनाको नमूना परीक्षण गर्दा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ। थप ५७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ४ हजार ३५४ पुगेको छ। २४ घण्टाको अवधिमा २६९ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।  पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।