८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बराम्बार विग्रने चन्द्रागिरी केबुलकारमा पत्रकारहरुलाई निःशुल्क भ्रमण अनि भोज



१३ साउन ०७९, काठमाडौँ । बेला बेलामा विग्रेर यात्रुलाई सास्ती दिइरहेको चन्द्रागिरी केवुलकारले ठूला सञ्चारमाध्यमहरुलाई निशुल्क भ्रमण गराउदै भोज खुवाएको छ ।
शुक्रबार चन्द्रागिरी हिल्सले एक हुल पत्रकारलाई चन्द्रागिरी लगेर मनोरञ्जन दिई प्राविधिक समस्या नरहेको भन्दै ढाकछोप गर्ने प्रयास गरेको हो ।
काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार पटक पटक रोकिएर समस्या भोगिरहेको चन्द्रगिरी हिल्सले राजधानीका ठुला मिडियाका पत्रकारहरुलाई अवलोकन भ्रमण गराउदै आफूसँग सुरक्षित प्रविधि रहेको अन्दै आश्वस्त गराउने प्रयास गरेको हो ।
निरन्तर केबुलकारमा समस्या आउँदा यात्रु नै बीच जंगलमा रोकिने अवस्था श्रृजना हुन थालेको र सञ्चारमाध्यमहरुले खबरहरु प्रकाशित गरेपछि केवुलकारको व्यापारमा गम्भिर असर गरेपछि चन्द्रागिरी हिल्सले पत्रकारहरुलाई अवलोकन भ्रमण गराएर आफ्ना कमी कमजोरी ढाकछोप गर्ने प्रयास गरेको एक पत्रकारले बताए ।
केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सयौं यात्रु चढेका बेला केबलकार रोकिएपछि चन्द्रगिरीमा तनाव भएको थियो । त्यसबेला यात्रुको उद्धार गर्न सरकारी संयन्त्र समेत प्रयोग गरिएको भन्दै केबुलकार कम्पनीको निकै आलोचना भएको थियो ।
पछिल्लो समय केबुलकार पटक पटक राकिने गरेको एक कर्मचारीले बताए । उनका अनुसार आधा घण्टाभन्दा लामो समयसम्म केवुलकार रोकिदा बीच जंगलमा रहेका यात्रु कराउने र चिच्याउने गरेका छन् ।
कम्पनीले छिटोभन्दा छिटो मर्मत गरेर कबुलकार सञ्चालन गर्न नसक्दा यात्रुले नै चन्द्रगिरी केवुलकार असुरक्षित रहेको भन्दै मौखिक रुपमा प्रचार गर्न थालेपछि केबुलकार व्यवस्थापन आत्तिएर आफूनिकट सञ्चारमाध्यमहरुको सहारामा प्रचार गरेको हो ।


पछिल्लो समय केबुलकार विग्रेपछि झण्डै पाँचसय यात्रुलाई चन्द्रगिरी जंगलबाट थानकोट उतार्न कम्पनीलाई हम्मे हम्मे परेको थियो ।
केबुलकारलाई प्रविधिकहरुले आफैले रोकेर केही नहुने भन्दै फेरि चलाएर देखाएका थियो । चन्द्रगिरीको प्राविधिक परिक्षण भन्दै अध्यक्ष चन्द्र ढकाल समेत सहभागी भएको एक पत्रकारले बताए ।
उनले भने केबुलकारमा ठूलै समस्या आएका कारण पछिल्लो समय लामो समय विग्रेको र कम्पनीलाई त्यसका कारण असर पर्ने देखेपछि अध्यक्ष आफै प्रचारमा लागेका हुन् ।
एक डिव्वामा सहभागी चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको प्रविधि अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी रहेको जानकारी दिदै केबुलकारको डिव्वामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भने, “यो प्रविधि हो, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।”
उनले हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकिएको तर त्यहाँ समाचार भएन भन्दै उनले
पछिल्लो समय प्रकाशित समाचारको आलोचना समेत गरेका थिए उनले भने,‘हामीकहाँ समाचार नै बन्नु विडम्बना हो ।’

चन्द्रागिरी डाँडाबाट देखिएको चन्द्रागिरी नगरसहितको काठमाडौं उपत्यका । लेन्स : ललितपुर खबर

चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्काले मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने बताए ।
केही समयअछि केहीबेर केबलकार रोकिएपछि कबुलकारको डिव्वामा रहेका मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो ।
उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्क रुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिक रुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको बताउदै आफ्नो केबुलकारको कमीमकजोरीको ढालछोप गर्ने प्रयास गरे ।
केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे । उाले भने, “यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।”
पत्रकारहरुलाई जानकारी दिएर नियोजित रुपमा रोकेर देखाएपछि केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गरे, “हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैँ पत्रकार चढेरे रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो ? भनी प्रश्न गरे ।
वनसँग अत्यन्त न्युन रकममा भाडामा लिएर सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्सले फाइभस्टार होटल कन्फरेन्स हल वालउद्यान लगायतका संरचना मार्फत वार्षिक करोडौं आम्दानी लिने गरेको छ ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ०० बजे