२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बजेट कार्यान्वयन गर्ने अवसर प्राप्त भएकोमा सबैलाई धन्यवाद : अर्थमन्त्री शर्मा



१५ साउन ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि मन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
पदभारपछि मन्त्री शर्माले नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै बजेटको मूल उद्देश्य आयात कम प्रतिस्थापन, उत्पादन वृद्धि गर्नु र वैदेशिक मुद्राको सञ्चितिलाई बढाउनु रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने अवसर प्राप्त भएकोमा सबैलाई धन्यवाद दिए । मन्त्री शर्माले मन्त्रालयका सचिव र सबै कर्मचारीहरू मिलेर एक वर्ष मन्त्रालयलाई सौहार्दपूर्ण ढंगले अघि बढाएको र अबका दिनमा पनि त्यस्तै सुमधुर र उचित कार्यविभाजनसहित सहकार्य गर्ने बताए ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपपछि उनले असार २२ गते संसद्‌मा सम्बोधन गरेर राजीनामा दिएका थिए। सत्तापक्षको बहमुत रहेको समितिले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।