८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


फेसबुकमा भुलेर पनि यसो नगर्नुस्




मिसन शर्मा
हामी सबैले फेसबुक चलाउछौं । फेसबुक चलाएर हामीले धेरै फाइदा पनि लिइरहेका छौं । कुरा सामान्य लाग्न पछि सक्छ तर कतिपय ठाँउमा गलत गरिकाले फेसबुक चलाएर हामीले धेरै कुरा गल्ती गरिरहेका हुन्छौं ।
के हो फेसबुक
फेसबुकमा हामी बेला बेखत जे पायो त्यही लेखिरहेका हुन्छौं । अनावश्यक लाग्ने फोटो स्टाटस पोष्ट गरिरहेका हुन्छौं । फेसबुक खासमा तपाईको व्यक्तिगत जानकारी दिने एउटा अकाउण्ट हो । यसबाट तपाईबारे धारणा बनाउन सहयोगी हुन्छ ।
पछिल्लो समय फेसबुकमा राखिएका तपाईको प्रोफाइल र सामाग्री हेरेर मानिसहरुले तपाई कस्तो खाले मान्छे हो भन्ने मुल्यांकन गरिरहेका हुन्छन् । त्यसैले फेसबुकलाई तपाईजस्तो नै बनाईराख्न आफूलाई परिस्कृत गर्नुस् ।
फेसबुकको प्रोफाइल कस्तो बनाउने
फेसबुकमा तपाईको प्रोफाइलमा राखिएको तस्विर हेरेर तपाईको मुल्यांकन गर्ने गर्दछन् । त्यसैले फेसबुकमा राख्ने फोटोको बारेमा गम्भिर बन्नुस् । आफूलाई जस्तो देखाउने हो त्यही फोटो राख्नुस् ।
सुझाव
तपाईलाई अनुभव नहोला तर फेसबुक भनेको पछिल्लो समय चौतारोमा उभिएको एउटा मान्छेजस्तो भएको छ । फेसबुकमार्फत सबैले तपाईलाई हेरिरहेका छन् । अतः फेसबुकको फोटो सकेसम्म अनुहार प्रष्ट देखिने आफूलाई राम्रो लागेको पोट्रट तस्विर राख्नुस् ।
फेसबुकको प्रोफाइल तस्विर खाली राख्नु हुँदैन । धेरै मानिसमले फेसबुकमा तस्विर नराख्दा आफ्नै साथीहरुले समेत चिन्दैनन् । अनि तपाईलाई साथीबाट हटाउने खतरा हुन्छ ।
प्रोफाइलमा तस्विर नराख्दा फेसबुकमा रुचि नभएको, विरक्तरिको वा कुनै खाले समस्या भएको अर्थ लाग्न सक्छ ।

कहिले काँही केही मानिसले फूल, जनावार, पहाड वा घरको तस्विरलाई आफ्नो प्रोफाइल बनाएको पनि देख्न सक्छौं । यसरी अनावश्यक तस्विर प्रोफाइलमा राख्दा तपाईको फेसबुक साथीलाई नराम्रो लाग्न सक्छ । अनि यसै कारणले तपाईप्रति नकारात्मक धारणा बनेको पनि हुन सक्छ । त्यसैले फेसबुकको प्रोफाइल तस्विर राख्दा धेरै ध्यान दिनु जरुरी हुन्छ ।
फेसबुकको वायोमा आफूले काम गरेको कार्यालय, व्यावसाय, पढ्दै गरेको विद्यालय, कलेजको नाम राख्नुस । यसबाट तपाईबारे जान्न तपाईको फेसबुक साथीलाई सहयोग हुन्छ ।
फेसबुकमार्फत धेरै व्यक्तिगत कुराहरु राख्न सकिन्छ । वैवाहिक अवस्था पारिवारिक सम्बन्धहरु र रुचिका विषयहरु फेसबुकको प्रोफाइल इडिट गरेर राख्दा तपाईबारे बुझन तपाईका साथीहरुलाई सहयोग पुग्छ । म यो हो भनेर तपाई अरुमाझ चिनाउन सक्नु हुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : २६ बजे