८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा डेंगु रोगको त्रास,लगनखेल र नखिपोटमा लामखुट्टे मारिने




१६ साउन ०७९, ललितपुर । निरन्तर रुपमा डेंगुका बिरामी फेला पर्न थालेसँगै ललितपुर ललितपुर महानगरको वडा नं. ५ र १५ क्षेत्र
लगनखेल र नखिपोट क्षेत्रमा ललितपुर महानगर र स्वास्थ्य कार्यालयले लामखुट्टे मार्ने अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार महानगरको अगुवाई र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा यो अभियान सुरु हुन लागेको हो । अभियान आज सोमबार सुरु भई र भोलि मंगलबारसम्म जारी रहनेछ ।
अभियान सुरु गर्नका लागि महिला स्वास्थ्य स्वयमसेवकहरुलाई आइतबार ओरन्टेशन दिइएको थियो । गतशनिबार जिल्ला प्रशासन कार्यालयका प्रमुख घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला विपत समितीको बैठकको निर्णय अनुसार नै सम्भावित डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियान सुरु हुन लागेको हो ।
उनका अनुसार अहिलेसम्म ३१ जनामा डेंगुको संक्रमण भेटिएको छ । किस्ट अस्पतालमा भेटिएका विरामी महालक्ष्मी नगर र बाँकी ललितपुर महानगरकै रहेको उनले बताए । विष्टले स्वास्थ्य स्वयमसेविका,विद्यालय नर्स र जिल्लाका अनलाइन मिडिया मार्फत डेगु रोगको संक्रमणबाट जोगिन जनचेतना जगाइरहेको प्रमुख विष्टले बताए ।
निरन्तरको बर्षा र मौसम परिवर्तनसँगै डेंगुका बिरामी बढ्न थालेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा असार ९ गते डेंगुको पहिलो बिरामी भेटिएको थियो ।
अहिलेसम्म ७ जना विरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू डिस्चार्ज भइसकेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ४५ बजे