६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उडिरहेको श्रीको जहाजमा धुवाँ आएपछि आकस्मिक अवतरण



१९ साउन ०७९,काठमाडौं । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।  उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।