८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर एमालेद्वारा निर्वाचनमा ‘अन्र्तघाती’गर्नेलाई चोख्याउने संकेत




ललितपुर खबर
२० साउन ०७९, ललितपुर । स्थानीय निर्वाचनमा टिकट नपाएको बन्दै असन्तुष्ट बनेर पार्टीलाई अन्र्तघात गरेका भनिएका नेता कार्यकर्तालाई नेकपा एमालेले अन्नतः प्रदेश र केन्द्रको निर्वाचनको क्रममा चोख्याएर पठाउने संकेत दिएको छ ।
ललितपुरका विहीबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अन्र्तघात गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए तर उनले कारवाहीको प्रकृती फरक हुने तर्क गर्दै अन्र्तघातीलाई जोगाउनेतर्फ संकेत गरे । उनले भने, ‘कतिपयलाई आलोचना गरेर कारवाही गनुपर्छ । हिजो अन्र्तघात गर्नेकालाई त्यसको मनमा ढडेलो लागोस् ।’ अन्र्तघात गर्नेले अर्को गल्ती नगरोस भन्ने आफूहरुले चाहेको बताए । ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले आफूहरुले अन्र्तघात गर्ने १० जनालाई जिल्ला कमिटीले कारवाही गरेको बताइन् । उनले भनिन्, ‘जति बेला पार्टीलाई चाहिन्छ त्यो बेला काम नलाग्ने नेता किन चाहियो ।’

आफूहरुले कल्पना नै नगरेको नेताहरुले असहयोग गरेको गुनासो आएको नेतृ नेपालले बताइन् । उनले आफूले टिकट नपाउदैमा यसरी अन्र्तघाट गर्ने हो भने पार्टी कहाँ पुग्छ भन्दै प्रश्न गरिन् । उनले कसैलाई चित्त नबुझे भन्न र आफू जिल्ला इन्चार्ज छोड्न तयार रहेको बताइन् । उनले भनिन्,मैले निर्वाचनका क्रममा गरेको निर्णयको गल्तीको आफूले आत्मलोचना गरेको बताइन् ।
अन्र्तघात छानविन कमिटीका सदस्य वावुकाजी प्रधानले विभिन्न ठाँउबाट अन्र्तघात गरेको भन्दै नेताहरुको तोकेरै ठाडो निवेदन आएको बताए । उनले भने, ‘हामीले सम्बधित आरोपीलाई बोलाएर स्प्रष्टिकरण लिएको छौं ।’ उनले केही ठाँउबाट रिपोर्ट आएको छैन । हप्ता दिनमै हामी काम सक्ने तयारीमा रहेको बताए ।
छानविन कमिटीका संयोजक सुरेन्द्र मोहन शर्माले आफूहरुले केही दिनमा छानविनपछि निस्केको निष्कर्ष र अन्र्तघातीहरुलाई कारवाहीको लागि सम्बन्धित कमिटीमा सिफारिस गर्ने बताए ।
एक नेताले ललितपुर खबरसँग नाम नबताउने शर्तमा बताए अनुसार छानविन कमिटी नेताहरु तर्सान मात्र बनाएको हो । मंसिर ४ गते प्रदेश र केन्द्रको निर्वाचन आएको कारण कसैलाई यो पल्ट कारवाही हुँदैन ।

 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ०० बजे