६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकतालाई अगाडि बढाउने सहमति



२० साउन ०७९ ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेका छन् । आज काठमाण्डौमा बसेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित बसेको बैठकले पार्टी एकतालाई अगाडि बढाउने सहमति गरेको हो ।

दुई पार्टीको नेतृत्वसहित वार्ता टोलीको संयुक्त बैठकले एकता संयोजन समिति गठन गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बैठकले ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको हो । संयुक्त वक्तव्यमा एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र नेता/कार्यकर्तालाई आह्वानसमेत गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।