६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा



ललितपुर खबर २१ साउन ०७९, काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठले प्रस्ताव गरेको महाभियोगको समर्थनमा ९८ सांसद्ले हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।