८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको आश्राङ हेल्थ पोष्टकी बर्खास्त अनमी विमलाले बचाइन् बिरामीको ज्यान



उपचार गर्दै बखास्त करार कर्मचारी विमाला सञ्जेल ।

ललितपुर खबर
२२ साउन ०७९, ललितपुर । केही दिनअघि दक्षिण ललितपुरको वागमती गाँउपालिकाको अपमानपुर्ण बर्खास्तमा परेकी वर्थिङ नर्स विमला सञ्जेलले हेल्थ पोष्टका कर्मचारीको आग्रह र विरामीको आफन्तको हारगुहारपछि मृत्युको मुखमा पुगेकी एक विरामीको ज्यान बचाएकी छन् ।
वागमती ६ आश्राङकी सुत्केरी सविना सिगार केही दिनअघि घरमै सुत्केरी भइन् । तर लामो समयसम्म पनि सालनाल नझरेपछि उनलाई स्टेचरमा बोकेर आश्राङ हेल्प पोष्ट ल्याइयो ।
हेल्थ पोष्ट ल्याइए पनि बर्थिङ अनमी विमला सञ्जेललाई गाँउपालिकाले करारको कर्मचारी भन्दै बर्खास्त गरेका कारण सिंगारको उपचार हुन सकेन ।

उपचार गर्दै बखास्त करार कर्मचारी विमाला सञ्जेल ।

हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’
बर्खास्तमा परेकी विमला सञ्जेलको सहयोग नभएको भए सिंगारको ज्यानै जाने खतरा रहेको विरामी बोकेर ल्याउने स्थानीय गणेश लोले बताए । उनले भने,‘लामो समयदेखि पिसाप बन्द थियो । नजिकै सडक बन्द रहेका कारण एम्बुलेन्स आउन सम्भव थिएन ।’
उनका अनुसार एक घण्टा टाढाबाट हेल्थ पोष्टसम्म स्टेचरमा बोकेर विरामी ल्याउनु पर्ने अवस्था थियो । अस्पतालबाट सडकसम्म बोकेर लैजान पनि समय लाग्ने र पहाडको बाटो एम्बुलेन्स आउन समस्या छ । २ घण्टा टाढा वागमती ४ प्युटारमा थाङ्सिङटार अस्पताल भए पनि गम्भिर प्रकृतीका विरामी समयमै लैजान समस्या छ । गाँउपालिकाले उपलव्ध गराउने निशुल्क एम्बुलेन्स पहाडको बाटो भत्किरहने कारण ल्याउन अप्ठ्यारो छ । पहाडको टाढा टाढाको बाटो पार गरेर एम्बुलेन्स आइपुग्दा विरामीको ज्यानै जाने खतरा हुन्छ ।
निलम्बनमा परेकी बर्थिङ नर्स विमला सञ्जेलले मानवताका आधारमा गाँउपालिकाले बर्खास्त गरेकै हेल्थपोष्टमा गएर विरामीको उपचार गरेको बताइन् । उनले भनिन्,‘मेरै घर नजिक हेल्थ पोष्ट छ । म यही बस्छु । तर गाँउपालिकाले करारको कर्मचारी भन्दै बखास्त गरि दियो । मलाई तलव प्रदेशले दिन्थ्यो । गाँउपालिकाले आफ्नो मान्छे भर्ना गर्न मलाई होइन यो सिंगो समाजलाई अन्याय गरेको छ ।’
गाँउपालिका ६ का वडाध्यक्ष नारायण बोम्जन प्रदेशबाट आएको बजेट गाँउपालिकाका लागि आएको र आश्राङ हेल्थ पोष्टकै लागि भनेर नतोकेको बताउछन् । उनी भन्छन्,विमला सञ्जेल नै हेल्थ पोष्टका लागि चाहिने भन्ने होइन हामी विकल्प खोज्न सक्छौं । हेल्थ पोष्टमा इन्चार्ज नै उपचार गर्न सक्षम छन् । राजा मरेर राज्य अड्कदैन ।

स्टेचरमा बोकेर विरामी हेल्थ पोष्ट ल्याइदै ।

तर बर्खास्तमा परकी कर्मचारी विमला सञ्जेल भने १३ वर्षदेखि नेपाल सरकारले तालिम दिएर आफूलाई निपूर्ण बनाएको र सरकारले लगानी गरेको बताउछिन् । उनी भन्छिन्, ‘सक्षम र तालिम प्राप्त कर्मचारी यो दुर्गममा आएर बस्न चाहदैनन् । बसे पनि धेरै विदा बस्छन् । गाँउमा उपचारको लागि समस्या हुन्छ । साह्रो गाह्रो पर्दा म चौविसै घण्टा उपलव्ध हुन्थे ।’
एक स्थानीयले राजनीतिकरणका कारण विवलालाई गाँउपालिकाले बखास्त गरेको र बर्खास्त भएपछि उपचारमा समस्या परेको बताए । गत साउन १ गतेबाट उनीसहित १३ जना करारका कर्मचारीलाई गाँउपालिकाले बर्खास्त गरेको थियो । देशै भरि स्थानीय सरकार परिवर्तन भएपछि राजनीतिक आश्थाका कारण धेरै कर्मचारीहरु बर्खास्तमा परेका छन् ।
गाउपालिका अध्यक्ष विरबहादुर लोप्चन अस्पतालको समस्याबारे बुझन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : २७ बजे