
२३ साउन ०७९, काठमाडौं । हिन्दुहरुको पर्व तीजको पुर्वसन्ध्यामा राजेश ढकाल र माधुरी दुलाल सापकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘घर धान्नलाई’ बोलको राजेश ढकालको संगीत रहेको गीतलाई विष्णु तामाङको अरेन्ज गरेका छन् ।
गीतको भिडियो राजेश ढकालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। सिनेमेट्रोग्राफर विरेन्द्र भट्टले छायांकन गरेको यस गीतमा राजेश र माधुरीकै शब्द र स्वर रहेको छ ।
बिरज फुयल र सदीप घिमिरेको संयुक्त निर्देशनमा बनेको भिडियोमा किरण केसी, रमा थपलिया र स्वस्तिका सापकोटाको अभियन रहेको छ।
गायिका सापकोटा सञ्चार मार्केटिङ क्षेत्रमा सक्रिय छिन्। उनले यसअघि पनि गीत लेखन र गायन सक्रिय थिइन्। गायक ढकाल दुई दसकदेखि लोक सांगीतिक क्षेत्रमा सक्रिय छन्।








प्रतिक्रिया