६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधि सभाको बैठक बस्दै, हेर्नुहोस् सम्भावित कार्यसूची



२५ साउन ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ। त्यसका लागि सम्भावित कार्यसूची बनाइएको छ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमको अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै उनले ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री देउवाले आजैको बैठकमा ‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ। आजको बैठकका लागि अन्य कार्यक्रम पनि सम्भावित कार्यसूचीमा छन्।

हेर्नुहोस्

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।